आशुको वर्षा
हामी पानीमा रुझछऔ, गाउँछऔ र आफ्नो दु:ख एक पललाई भुल्छऔ। जिवन अनिश्चितताले भरिएको छ। कुनैपनि बेला जिवन दिराखेको खोला बाढी आएर निर्जिव बन्छ, उडिरहेको चरा खस्छन् , हाँसिरहेको बुद्धिजीवी मानिसपनि रुने गर्छ। जानेर होओस् वा नजानी, मनुष्य होओस् वा अन्य कुनै जिव ; आफुलाई गाह्रो परेको बेला बर्षाझै आशु खसाल्छन्।
मनुष्य जिवनमा आशु खसाल्नु एउटा कमजोर भएको अवस्था देखापर्छ। आफ्नो दु:खलाई आफू दह्रो भएर मेटाउन सक्नुपर्छ। कसैलाई आफ्नो दु:खको दोषी ठहर गरेर अघि बढ्नु मेरो अनुसार आफू माथि नै सहि वा गलत भएको भन्दै पश्न गरेझैं लाग्छ। त्यसै गरी यसको मतलब यो होइन कि आफूलाई गलत ठानेर आशुको वर्षा खसाल्नु। हाम्रो जिम्मेवारी धेरै छन्। आफ्नो जिवनमा खुशीको पल ल्याएर विजयी हुनसक्नुपर्छ ; जसले हामीमा भएको आत्मीयताको लोप हुन दिदैन र तसर्थ सफलता हासिल गर्न कहिल्यै कठिन हुदैन्। हाम्रो जीवनमा केही मान्छे आउन्छन् र आफ्नो छाप छोडेर जान्छन्। जाने त पाय् मिठो तरकारीबाट पनि नुन निकालेर जान्छन् नि हैन र ? कुनै समयमा खुशीको कारण बन्ने मान्छे दु:खको मुख्य कारण पनि हुन्छन्। यस्ता कुराले हाम्रो मनोबल घटाइरहेको हुन्छ। के गर्ने त अब? आफ्नो मनलाई सान्त्वना दिएर, आशु नखसाली अघि बढ्ने?
जानु त छ अघि, दु:खलाई छाडेर, छोडेर जानेलाई छाडेर। आफूमा विश्वास गरेर अघि बढे न कुनै पहाडले छेक्छ न त कुनै सीमाले राेक्छ। मनमा आशु लुकाएर अघि त बढिएला तर त्यही पुरानो पश्न, त्यही दु:ख फेरि अघि आउँदा लुकिरहेको आशुले कहिले समुन्द्र बनेर बगाई लग्छ पत्तो नै हुदैन्। आफ्नो समस्यालाई मनमा पालेर राख्नु भन्दा त्यसलाई वर्षामा खसेको पानी झैं आशुको वर्षा गरेर मनको रावणलाई मार्न पर्छ। मनको आशु झर्न दियौ भने आफूमा कमजोरी पाल्नु भन्ने कुरा हुँदैन। यसले मनमा लागेको अनेक त्रास, आफू माथि भएको भय र सम्पूर्ण दु:ख एक पललाई भुलाउन मद्दत गर्छ। आफ्नो मनलाई भन्नुस म सबै भन्दा भिन्न छु, एक गुण बढी बोकेको छु, कसैको जीवनले आफ्नो जीवन प्भावित हुदैन र आशुको वर्षा गर्नुस्। वर्षामा रुझेर, गाएर संसारलाई एक र आफुलाई भिन्न एक ठानेर, एउटा नयाँ बिहानी ...
Comments
Post a Comment