VOICE FROM WOMB

"तालिम केन्द्र"
आमा... ए आमा... सुन्दै छौ म बोलेको??
ह??? म तिम्री छोरी बोल्दै छु... बोल्दिनन त हौ बुढी फेरि... सुनन आमा... समय कति चाढो बित्दो रहिछ हगि? बुबा का ती लाखौ शुक्रकिट हरुलाई उछिनेर तिम्रो त्यो अण सम्म सबै भन्दा पहिले आईपुग्न सकेर तिम्रो यस तालिम केन्द्र "गर्भ" मा भर्ती भएको पनि आज चार महिना भईसकेछ हेरन मैले त पत्तै नपाको, हुन त यस्तो रमाइलो र मज्जाको तालीम केन्द्र मा तालिम गर्न पाउदा कसले पो समय बित्या चाल पाउछ होला र? आमा तिमिलाई थाहा छ, मलाई बाहिर कस्तो होला भनेर हेर्न कस्तो आतुर भैराछ मलाई बाहिर को सन्सार हेर्न कस्तो रहर लाईराछ तर के गर्नु म अझै त्यो लायक को भैसकेको छैन। आमा बाहिर एकदम फोहोर धुवाधुलो छ हो? कहिलेकाही यहा समेत फोहोर को गन्ध, धुलो आउछ त्यस्तो हुदा मलाई सास फेर्न कस्तो गारो हुन्छ मेरो बिन्ती छ आमा यो तालिम केन्द्र को बाहिर वरिपरि चाई फोहोर धुलोमैलो नगरिदिनु है। जे होस अब ६ महिना बाकी छ अनि त म पनि pass out भै हाल्छु नि। अनि त बाहिरी सन्सार सबै म आफै हेर्छु हाहा मलाई सम्झिदै कस्तो खुसि लाईरा छ। आमा म कसति हुन्छु होला है राम्री नराम्री हे जस्तो सुकै हुम अनुहार मा के राख्या हुन्छ र अनुहार त एकदिन सबैको चाउरि नै पर्ने हो क्यारे म त स्वभाव ले राम्री हुन्छु। आमा मलाई कहिलेकाही डर लाग्छ कतै तालिम गर्दागर्दै म अपाङ्ग पो हुने हो कि तर केहि छैन शरीर अपाङ्ग भएर के भो त मेरो बुद्दी अपाङ्ग हुन दिन्न म, शरिर अपाङ्ग भएर केही हुन्न यदी बुद्दी अपाङ्ग भएन भने Hellen keller, Stephen Hawking, Jhamak kumari Ghimire, Shristi Kc यिनिहरु पनि शारीरिक अपाङ्ग त हुन नि तर पनि यिनिहरुले सन्सार मा भिन्दै इतिहास बनाएका छन। आमा तिमी सारै भाग्यमानी रहिछौ नि बुढी कि म जस्ती छोरी पाएकी छौ। तिमिलाई थाहा छ आमा म यहा तालीम केन्द्र मा... सन्सार कै सबै भन्दा अग्लो शिखर सगरमाथा चढ्ने पहिलो नारी "Jun Ko Tabei" को जस्तै साहस बटुल्ने तालिम गर्दै छु, पृथ्वी सतह भन्दा बाहिर पाईला राख्ने पहिलो नारि "Valentina Tereshkova" जस्तै आटिली बन्ने तालिम गर्दै छु, नोबल पुरस्कार बाट सम्मानित हुने ती सन्सार कै प्रख्यात महिला वैज्ञानिक "Madam Curie" को जस्तै तेजिलो दिमाग बनाउने तालिम गर्दै छु, सन्सार कै पहिलो महिला रास्ट्रपति "Siriyamo Bandarnaike" ले जस्तै भाषण गर्ने तालिम गर्दै छु, सन्सार कै प्रख्यात महिला समाजसेवी "Mother Teresa" जस्तै निस्वार्थी बन्ने तालिम गर्दै छु,  सन्सारकै प्रख्यात नर्स "Florence Nightiangle" को जस्तै कोमल र निस्चल मन बनाउने तालिम गर्दै छु, CNN Hero of the year बाट सम्मानित हुने हाम्रो नेपाल कि ति माईती नेपाल को अध्यक्ष "Anuradha Koirala" जस्तै बन्ने तालिम गर्दै छु यस्तै अन्य धेरै तालीम हरु गर्दै छु। हो मलाई यहा गारो भै राछ यी सब तालीम गर्न रै पनि म हार खान्न आमा म गर्छु किनभने मलाई धेरै कुरा गर्न मन छ, हो मलाई धेरै कुरा गर्न मन छ, मलाई मेरै पाला मा सन्सार बाट छुवाछूत भेदभाव हटाउन मन छ, मलाई मेरै पालामा सन्सार बाट हत्याहिंसा बन्द गराउन मन छ, मलाई मेरै पाला मा सन्सार भरी बाट गरिबी हटाउन मन छ, मलाई मेरै पाला मा सन्सार भरी शान्ति फैलिएको हेर्न मन छ... हो मलाई थाहा छ यो सब गर्न मुस्किल छ तर असम्भव पनि त छैन... म गर्छु आमा म हिम्मत हार्दिन अन्तिम सास रहुन्जेल सम्म प्रयास गर्छु र यो बदलाब ल्याएरै छाड्छु अनि एक दिन तिमी गर्व का साथ छाती फुलाएर मलाई औल्याउदै भन्ने छौ म यसकी आमा हु तर मेरो बिन्ती छ आमा छोरी जन्मिन लागि भनेर गर्भपतन गरि मलाई र मेरो चाहना लाई चाई नमारिदेउ है। 

-दिपेश रिमाल नेपाली

Comments