Nepali Love Quotes, Poems and Motivational Words

मन छुने लाईनहरु

1. "मलाई त तिम्रो मुस्कानमा रहेको मिठास अझै गुलियो लाग्छ,तिम्रो त्यो आँखाको चमकले दिने विहानी अझै उज्यालो लाग्छ,तिम्रो हरेक शब्द शब्दमा बसेको माया अझै मन भित्रै छुन्छ,तिम्रो त्यो न्यानो हातको ईस्परसले अझै आमाको याद दिलाउछन्,दिनमा सहर र रातमा जुन हेर्दा अझै तिम्रै याद आउन्छन्।

ए नानु! लैन फेरि त्यही पुरानै माया गाँस्म, त्यही अमुल्य बात माराै, स-साना कुरामा झगडा गरि मैंले तिमीलाई नै जित्न दिउ। लैन फेरि..."



2. "तिमीलाई फ्नो सन्सार बनाए, तर मैले भुलिरहेको,यो सन्सार एक ठाँउ इस्थिर कहाँ बस्छ र, छोडेर आफ्नो बाटो लागि हाल्छ,अनि सोचे म बिना तिम्रो बाटो बन्छ भने, मेरो बाटो किन नबनाउने?आज आफूलाई सन्सार बनाई आफ्नो बाटो हिड्दै छु।"

3. "अचम्मै छ है सन्सार?तिमीले एकदिन भुल्यै भने, तिमीलाई सधैको लागि भुलिदिने"

4. "तिमी सँग हुदा न्यानो हुने यो मन, आजकल निकै चिसिएको छ"

5. "तिमीलाई माया गर्न त सह्जै आउ्दो रहेछ, तर कहिले केहि भूल हुदा माफ‌ गर्न चाहि नजानेकै रैछौ"

6. "तिमीले प्रेमी होइन कवि बनायौ।"

7. "तिम्रो‌ माया पनि रानी पोखरी झैँ भयो, कुनै दिन झिलिमिली भएर मन छुने गर्थ्यौ,तर आज यस्तो रुखो भई दियौ कि, सम्झिदा पनि मन भरिएर आउन्छ!"

8. "मनमा बाधेर राखेको तिमीलाई, कसरी आशु बनेर बगी गयौ पत्तै भएन"

9. "म‌ छु नि भनेर दिने हात आज अरुको साथमा हुदा,म कुन मोडमा बसेर, तिनै सपनाहरु सम्झिँदै छु....."

10. "मेरो कसम खाएर माया गर्छु त धेरै भनेउ, आज एक चोटि आफ्नो कसम खाएर माया गर्दिन् भन त!"

11. "तिम्रो लागि त धन्यवाद दिन शब्द नि कम पर्छन्,अरु कसैले दिएको आशुलाई अमुल्य मोतीको नाम दियौ।"

12. "त्यो त मेरो गल्ती थियो‌ नि,अनि किन उनले मनमा आशु खसाल्दै छिन्।"

13. "म हराएको होइन, तिमीहरुले गुमाएको हो।"

14. "विछोडपछि आँखा बन्द गरेर आँशु खसाल्नु भन्दा, साथ हुँदै आँखा खोलेर विश्वासको अझै एउटा गाँठो बाधेको भए?"

15. "मायाको नाम दिएपछि,न त उसलाई मेरो प्रभा थियो, न त मलाई उसको।"

16. "तिमी नभएको सहरमा, नयनले तिम्रै खोजि गरिरहेको छ"

17. "तिम्रो मच्किने कम्मर त थाहा छैन् तर,तिम्रो मुहारको मुस्कानले धड्कन चलिरहेको छ," मनले भन्यो!




- Arun Katuwal
 अझै यस्तै यस्तै Quotes, Poems र Stories पढ्नको लागि, find me on FacebookInstagram Twitter.
#NepaliLoveQuotes #NepaliQuotes #QuotesNepal #IndependentWords #ArunWrites

Comments

Popular